शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जिप दुर्घटनामा एकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • बागलुङ ।  यस जिल्लाको मल्म–७ मा ग १ च १४७३ नं को ‘पिक अप’ जिप आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    गलकोट हटियाबाट मल्म जाँदै गरेको जिप बिसारेडाँडामा आज दिउँसो दुर्घटना हुँदा जिपमा सवार मल्म–७ का ७५ वर्षीय कर्णबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जिप चालक रेश–१ का कुमार परियार घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेको परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    उकालोमा गुडिरहेको जिप एक्कासी पछि सरेर भीरबाट २०० मिटर तल खसेको थियो । बढी भार बोकेको हुनाले जिप उकालोमा चढ्न नसकी पछि सरेको हुन सक्ने ठानिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij