आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं आउँदै गरेको मकालु यातायातको बस ट्रकसँग ठोक्कियो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा भारत सिकिम्म ग्यानुनका विन्दिया गुरुङ, पायल अग्रवाल, र पाँचथर रवि–६ का नानु राई रहेको प्रहरीले जनाएको छ ।

    काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयाको मुख्यचोकमा ठोक्किएको थियो ।

    दुर्घटनामा परि एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये अबस्था गम्भिर रहेका ३ जनालाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।

    घाइते हुनेहरुमा बिलु कालाखेदी, भारत सिकिम्म ग्यानुनका अनुका थापा, काठमाडौँ सूर्य थापा र सन्देश थापा रहेको इलाका प्रहरील मिर्चैयाका डिएसपी श्याम सिंह चौधरीले जानकारी दिए ।

    केही घाइतेहरुको नाम र ठेगाना अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी मिर्चैयाले जनाएको छ ।

    समान्य घाइतेहरुको मिर्चैयाको रेखा नरसिंग होममा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुवारले जानकारी दिए ।
    ट्रकको चालक निदाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । शव जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको जनाएको छ ।

    प्रहरीले बस र ट्रक चालकलाई नियन्त्रनमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी चौधरीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij