आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

काठमाडौं आउँदै गरेको मकालु यातायातको बस ट्रकसँग ठोक्कियो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा भारत सिकिम्म ग्यानुनका विन्दिया गुरुङ, पायल अग्रवाल, र पाँचथर रवि–६ का नानु राई रहेको प्रहरीले जनाएको छ ।

    काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयाको मुख्यचोकमा ठोक्किएको थियो ।

    दुर्घटनामा परि एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये अबस्था गम्भिर रहेका ३ जनालाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।

    घाइते हुनेहरुमा बिलु कालाखेदी, भारत सिकिम्म ग्यानुनका अनुका थापा, काठमाडौँ सूर्य थापा र सन्देश थापा रहेको इलाका प्रहरील मिर्चैयाका डिएसपी श्याम सिंह चौधरीले जानकारी दिए ।

    केही घाइतेहरुको नाम र ठेगाना अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी मिर्चैयाले जनाएको छ ।

    समान्य घाइतेहरुको मिर्चैयाको रेखा नरसिंग होममा उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ट्राफिक प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुवारले जानकारी दिए ।
    ट्रकको चालक निदाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । शव जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको जनाएको छ ।

    प्रहरीले बस र ट्रक चालकलाई नियन्त्रनमा लिएर अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी चौधरीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij