प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३
काठमाडौँ । चलचित्र निर्माता, निर्देशन गगन बिरही श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा अचानक समस्य देखिए पछि उनलाई बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
लिभर समस्याबाट पिडित गगनको अवस्था चिन्ताजनक रहेको उनका सहपाठी निर्माता तथा बितरक सरोज शर्माले जानकारी दिए । लामो समयदेखि लिभर समस्याबाट पिडित गगन केही दिन पहिले मात्र दिल्लीमा उपचार गराएर काठमाडौ फर्किएका हुन् । दिल्लीमा रोग निराकरण नहुने देखेपछि परिवारले उनलाई स्वदेश ल्याएको शर्माको भनाई रहेको छ ।
बेहोस अवस्थामा अस्पताल पुर्याएको गगनको अहिलेसम्म होस खुल्न सकेको छैन । नर्भिक अस्पतालको छैटौ तल्लामा रहेको जिसियु वार्डमा उनको उपचार भइरहेको छ । उनलाई होसमा ल्याउन चिकित्सकहरुले भरमग्दुर प्रयास गरिरहेको बताइएको छ ।
जापानमा पुरै छायाँकनन गरिएको नेपाली चलचित्र ‘मितेरी गाँउ’ निर्देशन गरेका गगनले ‘छिमेकी’, ‘संकल्प’, ‘बादल’ ,‘झल्को’ जस्ता ब्यवसाहीक चलचित्र निर्माण गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij