आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

महाअभियोगको रापमा के गर्दैछन् लोकमान ?

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • काठमाडौं  । संसद सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपाली राजनितीले नयाँ मोड लिने आँकलन गर्न थालिएको छ । कत्तिपयले कार्कीमाथिको महाअभियोगको विषयलाई लिएर सत्ता गठबन्धन नै परिवर्तन हुने आँकलन गर्न लागेको बेला धेरैले नेपाली कांग्रेसको केन्द्रिय समितीले यसबारे कस्तो निर्णय लिन्छ भन्नेबारे चासो राखेका छन् ।

    आम मान्छेले चासो राखेको ‘महाअभियोग प्रकरण’ का मुख्य ब्यक्ति लोकमानसिंह कार्की आफु भने यतिवेला ‘आवाजविहिनहरुका पक्षमा आफुले डटेर काम गरेको’ भन्दै टंगाल स्थित सरकारी निवासमा चुपचाप बसिरहेका छन् ।

    बुधवार साँझ मात्रै क्यानडा भ्रमणबाट फर्केका कार्कीमाथि एमाले र माअाेवादी केन्द्रका १५७ सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

    प्रस्ताव दर्ता भएसँगै संविधानको धारा १०१ को उपधारा ६ र संसद नियामावलीको १६८ (९) अनुसार ‘कारवाहीको टुंगो नलागेसम्म अख्तियार प्रमुखको हैसियतमा कार्यसम्पादन नगर्न’ भन्दै संसद सचिवालयले उनलाइ जानकारी पत्र पठाएको थियो ।

    संसद सचिवालयको पत्र प्राप्त भएसँगै कार्की आयोगस्थित आफ्नो कार्यकक्षमा छिरेका छैनन् । पारिवारिक स्रोतका अनुसार टंगालस्थित अख्तियार परिसरमै रहेको ‘प्रमुख आयुक्तको सरकारी निवास’मा चुपचाप बसिरहेका कार्कीलाई भेट्न उनका आफन्तहरु बिहीबार विहानैदेखी त्यहाँ पुगेका छन् । विहीबार विहानै देखी आफन्तसँग भेटघाट गरिरहेका कार्कीले ‘आफुले ‘भ्वाइस लेस’हरुको पक्षमा काम गरेको’ बताएका छन् । उनलाई भेटेर फर्केका एक आफन्तले रातोपाटीसँग कुरा गर्दै भने, ‘जनताका प्रतिनिधिहरुले के निर्णय गर्नुहुन्छ मलाई थाहा छैन तर म आयोगमा आएपछि सवैजना खुसी नभएपनि आवाजविहीनहरु भने खुसी भएका छन् । उनिहरुको पक्षमा काम गरेको छु भन्नुभो ।’

    पारिवारीक स्रोतका अनुसार उनले हालसम्म कुनै दलका ठूला नेतासँग फोन सम्पर्क वा भेटघाट गरेका छैनन् । ‘आफन्त बाहेक अरुसँग भेटघाट गर्नुभएको छैन’ ति आफन्तले भने, ‘महाअभियोग प्रस्ताव दर्ता भएसँगै मिडियाहरुले ‘निलम्बित’ भनेर लेखेकोमा असन्तुष्टि जनाउनुभएको छ ।’

    ‘मलाई कुनै निकायले निलम्बन गरेको हैन, महाअभियोगको टुंगो नलागेसम्म काम नगर्न भनिएको मात्र हो’ उनको भनाई उदृत गर्दै एक आफन्तले भने, ‘मान्छेहरुले गलत ढंगले बुझेको उहाँको भनाई थियो ।’

    अचानक यस्तो प्रस्ताव दर्ता भएसँगै आश्चार्यमा परेका कार्की कांग्रेसले आफ्नै पक्षमा निर्णय लिनेमा विश्वस्त रहेको बताइएको छ । डा. गोविन्द केसीले आठौ पटक अनसन बसेको बेला नेपाली कांग्रेसको केन्द्रिय समितीले ‘महाअभियोग राजनीतीक विषय भएको’ भन्दै उनको त्यो माग बाहेक अन्य माग पुरा गर्न सरकारसँग माग गरेको थियो ।

    कांग्रेसले पुरानै निर्णयमा अडान लिएमा उनिमाथीको महाअभियोगको संभावना टर्ने देखिन्छ । यद्यपि बद्लिएको परिस्थीती कांग्रेसले महाअभियोग प्रस्ताव पारित गर्ने निर्णय गर्न सक्ने संभावना उत्तिकै छ ।

    अन्योलतका बीच सरकारी निवासमा चुपचाप बसेका कार्कीले आफु त्यहाँ बस्दा ‘निलम्बपछि पनि सरकारी निवासमा बसेको र छोरीहरुको विवाह अख्तियारको आँगनबाटै गरेको भन्दै फेरी आलोचना हुने’ कुरा आफन्तहरुसँग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij