आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पाल्पाको जल्पामा अजिङ्गर फेला

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • पाल्पा ।  पाल्पा जिल्लाको जल्पा गाविसमा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।

    जल्पामा फेला परेको सो अजिङ्गर करिब सात/आठ फिट लामो रहेको स्थानीय बासिन्दाको भनाइ छ । जल्पा गाविसको पल्लो भञ्ज्याङ भन्ने स्थानमा बिहिबार सो अजिङ्गर फेला परेको हो । स्थानीयवासी र प्रहरीको सहायतामा अजिङ्गरलाई जङ्गलतर्फ भगाइएको छ ।

    एक्कासि अजिङ्गर देखा परेपछि त्रसित स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तनहुँका प्रमुख अम्लेशकुमार लोधले अजिङ्गरलाई जङ्गलतर्फ भगाइएकाले स्थानीयवासीलाई धेरै त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।

    यस क्षेत्रमा पहिलोपटक अजिङ्गर देखा परेपछि यहाँका स्थानीयवासी अचम्मित र त्रसित भएका छन् । स्थानीय बासिन्दा सीमादेवी नेपालीले प्रहरी र स्थानीयवासीको सहयोगमा भगाइए पनि अजिङ्गर गाउँदेखि माथिको जङ्गलमा गएर मिहालको रूखमा बेरिएर बसेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij