आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हत्याको आशंकामा आर्यघाट लगिएको शव प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • कैलाली । दाह संस्कारका लागि आर्यघाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

    धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुयाएको छ ।

    उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि मसानघाटमा पु¥याइएको शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याइएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको शव परीक्षणका लागि अस्पातालमा पुर्याइएको बताए ।

    उपरीक्षक विष्टले हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिए ।

    बिरामी श्रीमान्को हेरचाह नगरेको भन्दै मृतकका दाइ र केही छिमेकीले घर जग्गा बिक्री गरेर भए पनि उनको उपचार गराउने भनेपछि श्रीमती दुर्गाले अस्पतालमा चेकजाँच पनि गराइन् । तर बिरामी श्रीमान् दुर्गाका लागि बोझ भएकाले भाई विमलसँग मिलेर हत्या गरेको आरोप आफन्तको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij