आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

हत्याको आशंकामा आर्यघाट लगिएको शव प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • कैलाली । दाह संस्कारका लागि आर्यघाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

    धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुयाएको छ ।

    उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि मसानघाटमा पु¥याइएको शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याइएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको शव परीक्षणका लागि अस्पातालमा पुर्याइएको बताए ।

    उपरीक्षक विष्टले हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिए ।

    बिरामी श्रीमान्को हेरचाह नगरेको भन्दै मृतकका दाइ र केही छिमेकीले घर जग्गा बिक्री गरेर भए पनि उनको उपचार गराउने भनेपछि श्रीमती दुर्गाले अस्पतालमा चेकजाँच पनि गराइन् । तर बिरामी श्रीमान् दुर्गाका लागि बोझ भएकाले भाई विमलसँग मिलेर हत्या गरेको आरोप आफन्तको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij