प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३
काठमाडौं । धनकुटाबाट आएको सर्वदलीय एवं सर्वपक्षीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जिल्लाको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा धनकुटाको प्रतिनिधि मण्डलले जिल्लाभित्र बिमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । साथै टोलीले जिल्लाका विविध समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।
भेटमा प्रधानमन्त्रीले धनकुटामा बिमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद् सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij