आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बसले बच्चालाई ठक्कर दिएपछि हिलेमा तनाव, सडक अवरुद्ध गरी बजारमा प्रदर्शन जारी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • धनकुटा । धनकुटाको हिलेमा बसले बच्चालाई ठक्कर दिएपछि आक्रोसित स्थानीयबासीले अहिले हिले बजारमा प्रदर्शनसहित सडक अवरुद्ध गरेका छन ।

    लेगुवाबाट धरान जाँदै गरेको को.१ ख ३७८२ नम्बरको बसले बिहान करिव १० बजे स्थानीय एक बच्चालाई ठक्कर दिएको हो । ठक्करबाट गंभिर घाईते बच्चाको धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

    घटनापछि आक्रोसित घाईतेका आफन्त र स्थानीयबासीले हिले बजारमा टायर बालेर प्रदर्शन जारी राखेको हिले प्रहरी चौकीले जनाएको छ । उनीहरुले बस चालकलाई कडा कारबाही सहित क्षतिपुर्ति लगायतका माग गर्दै प्रदर्शन गरिरहेका छन ।

    स्थिती नियन्त्रणमा लिन धनकुटाबाट थप प्रहरी पठाईएको धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले जानकारी दिए । बस र चालकलाई हिले प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij