प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
अर्घाखाँची । बदेल मार्न आफैंले धराप थापेको भरुवा बन्दुक पड्किँदा अर्घाखाँची सिमलपानी–९ ढाडखोलाका ६० वर्षीय जीत बहादुर भाटक्षेत्रीको घटना स्थलमै ज्यान गएको छ ।
घटनास्थलबाट ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक विवेक कुमार शाहको नेतृत्वमा गएको प्रहरीको टोलीले १ थान भरुवा बन्दुक र केही बारुत केप समेत बरामत गरेको छ ।
कात्तिक ३ गते साँझ घरबाट हराएका भाटक्षेत्रीलाई गाउँलेले खोज्ने क्रममा शनिबार साँझ घर नजिकैको जङगलमा मृत्यु अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
खुट्टामा गोली लागेर अत्यन्तै रगत बगेर भाटक्षेत्रीको मृत्यु भएको बताईएको छ । तर, घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । भाटक्षेत्री लहरे उकाली सामुदायीक वनका हेरालु समेत रहेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij