प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
नेपालस्थिती संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्ने पहिलो महिला जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।
जुन्कोको परिवारले सो कुराको जानकारी दिएका हुन् । चारवर्ष पहिले क्यान्सर भएको उनले सेटामाको अस्पतालमा अन्तिम सास लिइन् ।
३५ वर्ष हुँदा सन् १९७५ मा सगरमाथाको सफल आरोहण गरेकी उनले सन् १९९२ सम्म संसारको सबैभन्दा अग्ला सात शिखरमा पुग्न सफल भइन् ।
सगरमाथा पुग्नु १२ दिन पहिले उनी हिम आँधीको चपेटमा आएकी थिइन् । उनका एक गाइडले उनलाई बरफबाट बाहिर निकाले । यति हुँदा हुँदै पनि उनले आफ्नो आरोहण स्थगित गरिनन् ।
सन् २०१२ मा जुन्कोले ‘जापान टाइम्स’ लाई आफ्नो उपलिब्धिलाई जुन प्रकारले देखाइन्छ, त्यसमा आफू निकै गौरवान्वित हुने गरेको बताएकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij