आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

३४ जिल्लामा प्रहरीको अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी तालिम

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • पोखरा  ।  नेपाल प्रहरीले देशब्यापी रुपमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा आईतवारदेखि देशका ३४ जिल्लामा एकसाथ अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सुरु गरिएको हो ।
    घुम्ती प्रशिक्षण योजना अनुसार प्रहरी हवल्दार तथा जवानलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रत्येक जिल्लामा ३५ जना सहभागी छन् ।

    गण्डकी अञ्चलको कास्की सहित, स्याङजा, तनहु र मनाङमा आईतवार देखि प्रशिक्षण सुरु भएको अञ्चल प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
    बाँकी जिल्लामा दोस्रो तहमा प्रशिक्षण सञ्चालन हुने बताइएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरी जनशक्ति बृद्धि गर्नुको साथै तत्लो तहमा रहेका प्रहरीको क्षमता अभिबृद्धिको लागि तालिम फलदायी हुने विश्वास लिइएको छ ।

    कास्कीमा आयोजित प्रशिक्षण उद्घाटनको अबसरमा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र बहादुर पोखरेलले यसअघि केन्द्रिय तहमा मात्रै सञ्चालन हुदै आएको तालिम स्थानिय स्तरमा सञ्चालन सुरु गरिएको बताए ।
    प्रहरी जवान र हवल्दार संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तत्लो तहलाई सक्षम बनाउने योजना सहित स्थानिय स्तरमा तालिम सञ्चालन गर्नुपरेको स्पष्ट पारे । यसअघिको ३१ दिने तालिमलाई संक्षेपीकरण गरी ६ दिनमा झारिएको पोखरेलले बताए ।
    कास्कीका प्रमुख जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेलले प्रहरीको अपराध अनुसन्धान कमजोर भए अपराध प्रमाणीकरण गर्ने निकायमा असर पर्ने बताए ।

    अपराध अनुसन्धानको काम प्रभावकारी बनाउन र अनुसन्धानको सुचना चुहावट हुन नदिन अनुसन्धान अधिकृतहरु सजक हुनुपर्नेमा उनले जोड दिए ।
    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले प्रहरीको अपराध अनुसन्धानमा थुप्रै त्रुटीहरु रहेकाले अदालत सम्म पुगेका कतिपय मुद्धाहरु असफल हुने गरेको बताए ।

    नजशक्तिको अभावले अनुसन्धानमा समस्या भएका बेला जिल्ला स्तरमा आयोजित प्रशिक्षणले सहयोग पुग्ने उहाको विश्वास छ ।
    पहिलो चरणमा देशका ३४ जिल्लामा सञ्चालित प्रशिक्षणमा एक हजार एक सय ९० प्रहरी हवल्दार र जवान सहभागी छन् । नेपाल प्रहरीले एक बर्ष अघि ल्याएको अपराध अनुसन्धान सम्बन्धि तीनबर्षे रणनीतिक ओजना अनुसार अपराध अनुसन्धानको जनशक्ति १० प्रतिशत पुर्याउने उल्लेख छ ।
    तर रणनीतिक योजनाको एक बर्षे अबधिमा एक प्रतिशत मात्रै जनशक्ति बढेको छ ।

    हाल नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुल जनशक्तिको ६ प्रतिशत मात्रै छन् । प्रहरी तथ्याङ्क अनुसार ७२ हजार कुल जनशक्तिमध्ये हाल ४ हजार प्रहरी मात्रै अनुसन्धानमा संलग्न छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij