प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
पोखरा । मर्दी हिमालमा पदयात्राका क्रममा गत असोज ३० गतेदेखि हराइरहेका इजरायली पर्यटक अमित मोस्चे रिच्म्यानको खोजी जारी राखिएको छ ।
सो दिन मर्दी आधार शिविरबाट एक्लै हिँडेका रिच्म्यान त्यसपछि सम्पर्कमा नआएको थाहा पाएसँगै प्रहरीको टोली, स्थानीयवासीका साथै इजरायलबाट आएको उद्धार टोलीले उक्त क्षेत्रमा खोजी जारी राखेको कास्की प्रहरीका निमित्त प्रवक्ता गणेश बमले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij