प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
काठमाडौं । यूराशिया रेयूकाई नेपालले आइतबार भुकम्प प्रभाबित जिल्ला सिन्धुपाल्चोकका विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।
रेयुकाईले सिन्धुपाल्चोकको तौथली ७ मा पर्ने श्री सेतिदेबी आधारभुत बिद्यालयका ४० जना र बाघ भैरव निम्न माध्यामिक बिद्यालयका ७५ जना बिपन्न परिवारका बिद्यार्थीलाई १ लाख २० हजार बराबरका शैक्षिक सामाग्रीहरु प्रदान गरेको यूराशिया रेयुकाई नेपालका प्रवक्ता तथा कार्यालय प्रमुख चक्रबहादुर चन्दले जानकारी दिए ।
शैक्षिक सामग्रीमा स्कुल ब्याग, स्टेशनरी र दैनिक आवश्यक सामाग्रीहरु रहेका छन् । सो सामग्री यूराशिया रेयूकाई नेपालको तर्फबाट प्राकृतिक प्रकोप समितिका अध्यक्ष पुष्कल गजुरेल, प्रवक्ता चन्द र कोषाध्यक्षसेर बहादुर खत्रीले वितरण गरेका थिए ।
संस्थाले हालसम्म प्रभाबित बिभिन्न क्षेत्रका ३५०० भन्दा बढि बिद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij