आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुकेटारमा बजार अनुगमन

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • ताप्लेजुुङ  । आइतबार ताप्लेजुङको सुकेटार बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईको नेतृत्वमा बजारको अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा केही अखाद्य वस्तु तथा म्याद गुज्रेका सामग्री बरामत गरिएको संयोजक तथा सहायक प्रजिअ भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार सुकेटार बजारका आठ वटा होटल तथा पसलको अनुगमन भएको र त्यसमा म्याद गुज्रेका खाद्य सामग्री खाने तेल २३ पोका, आँटा (पिठो) पाँच केजीको एक पोका र एक थान तराजु तथा एउटा एक किलोग्रामवाल ढक बरामत गरिएको छ ।
    बरामत सामान तेल तथा पिठो नष्ट गरिएको र ढक तराजु जफत गरिएको सहायक प्रजिअ भट्टराईले बताए । त्यस्तै सबै प्रक्रिया नपु¥याई सञ्चालन पसललाई प्रक्रिया पूरा गर्न निश्चित समय उपलब्ध गराएको उनले जानकारी दिए । जिल्ला प्रशासनसहित कोष तथा लेखा नियन्त्रक, घरेलु, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला पशु, कृषि, प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको प्रतिनिधित्व रहेको संयुक्त अनुगमन समितिले बजारको अनुगमन गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij