प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
नवलपरासीको रामग्राम३ स्थित रोयल होटल बाट बिहान नौ बजे जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेस अभियानको नाममा आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा सि।के राउत का २२ कार्यकर्ता पक्राउ परेको एस पी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
एस पी चौधरीका अनुसार देश टुक्रने किसिमको पम्पलेट सहित प्रशिक्षण दिइरहेको जानकारी पाएपछि त्यस होटलमा प्रहरी टोली पुग्दा प्रहरी देख्न साथ भाग्न खोज्दा पक्राउ गरिएको बताए । यस किसिमको प्रशिक्षणले देशमा अस्थिरता कायम हुने भन्दै पक्राउ गरिएको हुन सक्ने बताइएको छ ।
पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेस अभियान नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, स्वतन्त्र मधेस अभियान रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, ओमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेका छन्न ।
हाल सबैलाई थप अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी मा राखिएको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij