आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार्कीलाई महाभियोग लागेसँगै अख्तियारको जासुसी संयन्त्र पनि हट्यो

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिने जासुसी संयन्त्र हटाएको छ । कार्यवाहक प्रमुख दीप बस्न्यातले निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई ब्रिफिङ नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    ‘यसअघि प्रमुख आयुक्तले आफ्ना आलोचकको निगरानीमा प्रयोग गरिरहेको संयन्त्र निष्क्रिय बनाइएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘आम मानिसमा त्रास सिर्जना गरेको र नकारात्मक सन्देश गएकाले संयन्त्र हटाउनुपरेको हो ।’

    स्रोतका अनुसार कार्यवाहक प्रमुख बस्न्यातले आयोगका कामकारबाहीबारे अन्यत्र सूचना प्रवाह नगर्न कर्मचारीलाई सचेत गराएका थिए । अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा पनि आयोगको अनुसन्धान प्रक्रिया र तिनको गोपनीयताको सवालमा जिम्मेवार रहन कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

    संसद्मा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनले नियुक्त गरेका केही विशेषज्ञ र करारका कर्मचारीले प्रमुख आयुक्तको सचिवालयमा रहेर कामकारबाही निगरानी गरेका थिए । त्यस्ता क्रियाकलापप्रति असन्तुष्ट बस्न्यातले निलम्बनपछि कार्यालय खुलेको तेस्रो दिन हस्तक्षेप गरेका हुन् ।

    आयोगको कार्यालयमा सुरक्षाका लागि प्रयोग गरिएको कडा सुरक्षा संयन्त्र र एक्सरे चेक पनि निष्क्रिय बनाइएको छ । अख्तियारले आइतबार नै विज्ञप्ति जारी गरी निर्धारित आचरण र कानुनी मार्गनिर्देशनमा काम गर्न कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले निर्देशन दिएको जनाएको छ ।

    प्रमुखविरुद्धको महाअभियोग प्रस्तावले आयोग स्तब्ध भएको उल्लेख गर्दै उनले घटनाविशेषका कारण आयोगको नियमित कामकारबाही प्रभावित नहुने स्पष्ट पारेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij