प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज भियतनाम जाँदैछन् । भियतनामा हुने कम्युनिष्टहरुको कार्यक्रममा भाग लिन उनी त्यता जान लागेको उनका स्वकीय सचिव मोहन गौतमले बताए ।
कार्यक्रम सकेर तिहारअघि नै नेपाल फर्किने कार्यक्रम रहेको उनले बताए ।
यसअघि पार्टी अध्यक्ष केपी ओलीको पनि बंगलादेश जाने कार्यक्रम रहेको थियो । तर, महाअभियोग प्रस्ताव दर्ता भएपछि देशमा बदलिएको राजनीतिक परिस्थितिका कारण अन्तिम समयमा उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij