आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

आईकाओद्वारा बुद्ध एयरको हवाई सुरक्षा सुपरिवेक्षण

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • काठमाडौ   । अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरण (आइकाओ)का प्रतिनिधीले बुद्ध एयरको हवाइ सुरक्षा सम्वन्धी सुपरिक्षण दिएका छन् । प्राधिकरण तथा आईकाओका प्रतिनिधि क्यापटेन मेरी हेलेन जुब्रीकिज, क्याप्टेन माइकल ब्लेण्ड र होजे एम स्यालग्योरोले बुद्ध एयरका विभिन्न एकाइलाई प्रशिक्षण दिएका हुन् ।

    अडिटका क्रममा उनीहरुले एयरका केहीमा प्राविधिक कुरा सुधार गर्नुपर्ने जनाएका छन् ।

    हवाईयात्रालाई थप आरामदायी तथा जोखिम न्यूनिकरणका लागि बुद्ध एयर विगतका वर्षदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाई सुरक्षण परीक्षकबाट विभिन्न विभाग, एकाई र जनशक्तिलाई परीक्षण गराईरहेको छ ।

    प्रशिक्षणवाट प्राप्त नतिजा उत्साहप्रद रहेको बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । बस्नेतले प्राधिकरण तथा आईकाओका प्रतिवेदनलाई यथाशिघ्र सम्वोधन गर्ने जनाएका छन् ।
    बुद्धले झण्डै दुई दशकदेखि नेपाल र नेपाली आकाशलाई जोड्दै स्वदेशी तथा विदेशी यात्रुलाई सेवा प्रदान गरिहेको छ । बुद्धको बजार हिस्सेदारी ६१ प्रतिशत रहेको छ । हवाईयात्रालाई थप व्यवस्थित तथा जोखिमहरुलाई न्यूनिकरणका लागि बुद्ध एयरले कर्मचारी तथा विभिन्न जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको तालिमका लागि विभिन्न देश तथा आईटाको प्रशिक्षण केन्द्र पठाउने गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij