आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

विलम्व नगरि महाअभियोग प्रस्ताव अगाडि बढाउँछु : सभामुख

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • काठमाडौं  । सभामुख ओनसरी घत्र्तीले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्ताव विलम्व नगरि अगाडि बढाउने बताएकी छिन् । कार्कीविरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाउन गएका संयुक्त विद्यार्थी प्रतिनीधिमण्डलसँगको भेटमा सभामुख घत्र्तीले यस्तो बताएकी हुन् ।

    ‘सभामुखज्यूले विलम्व नगरि महाअभियोग प्रस्ताव अगाडि बढाउछु भन्नुभएको छ ।’ प्रतिनीधिमण्डलमा सहभागी अखिल क्रान्तिकारीका प्रवत्ता सुरेन्द्र बस्नेतले भने, ‘जनताको मतको जनताका प्रतिनीधिले कदर गर्छन भन्ने उहाँको भनाई थियो ।’

    संसदले मंगलवार यो प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय गरेको बेला सभामुखको यस्तो भनाई आएको हो । काँग्रेसले भने यो प्रस्तावको पक्ष–विपक्ष कहाँ उभिने भन्ने अझै निर्णय गरिसकेको छैन । एमाले र माओवादी भने महाअभियोगको पक्षमा उभिएका छन् ।

    संयुक्त विद्यार्थी संगठनले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । त्यसबाहेक उनीहरुले सडकमा पनि खवरदारी प्रर्दशन गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij