आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेलम्चीको पानी एक वर्षभित्र आउने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौँ  । व्यवस्थापिका–संसद्, विकास समितिले २०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइएको हो ।

    समितिका सभापति रविन्द्र अधिकारीले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न तेस्रो पटक मिति सार्नेभन्दा तोकिएकै समयमा आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । २०७४ असोज महिनाभित्रै मेलम्ची ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    समितिको बैठकले निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापन चुस्त राख्न, निर्माण औजार एवम् दक्ष जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवक्र्स निर्माण, सुरुङ निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई तदारूकतासाथ सम्पन्न गर्न, सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन गरेको छ ।

    मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजना (ख) ले गर्ने पाइपलाइनको कामलाई तीव्रता दिन निर्देशन गरेको छ । निर्माण सम्बन्धमा जमिनमुनि गरिने कार्य ढल, पानीको पाइप तथा सुरुङ, अप्टिकल फाइबर, विद्युत्तारलगायत निर्माण कार्यको मापदण्ड, एकीकृत रूपमा संरक्षण गर्ने निकायको अभाव देखिएकोले संयन्त्र तयार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij