प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
काठमाडौं । मध्यरातमा कौडा खेलिरहेको अवस्थामा काठमाडौंको भगवतीबहाल स्थित ॐ गणपती होटलबाट दुई महिला सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको १०५ नम्बर कोठामा कौडा खेलीरहेको अवस्थामा पक्राउ पर्नेहरुमा राजकुमार अधिकारी, ओम श्रेष्ठ, जितेन्द्र गजुरेल, कुमार तामाङ, बावुराम लामा, कृष्ण बस्नेत, दिपक राई, भाई महर्जन, राज तामाङ, फुर्वा तामाङ, अजय लामा, दिनेश शाही, बिरु तामाङ, दिपक लामा, कमला सिंह ठकुरी र पुर्णिमा थापा रहेका छन् ।
जुवा खालमा फेला परेको दश लाख तथा उनिहरुको साथमा रहेको १५ लाख नगद तथा सुन सहित करिब २६ लाख अभियुक्तहरुबाट बरामद गरिएको जानकारी दिँदै महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले भने, ‘पक्राउ पर्नेहरु ब्यवसायीक रुपमा नै कौडा खेल्ने समुह हुने भन्ने बुझिएको छ, हामी थप अनुसन्धान गरिरहेका छौं ।’
सोमबार राती ११ बजेतिर महानगरीय प्रहरी वृत कमलपोखरीबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । उनिहरुबिरुद्ध जुवा ऐन अन्तर्गत मुद्धा चलाईने एसएसपी थापाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij