प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
डोल्पा । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा यहाँका मुख्य बजारको अनुगमन गरिएको छ ।
लामोसमय देखि व्यापारीहरुले हरेक सामान दोब्बर तेब्बर मुल्यमा बिक्रिगर्नुका साथै अखाद्य बस्तुहरुको समेत बिक्रि बितरण गरेको खवर बाहिर आएपछि अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
अनुगमनपछि म्याद नाघेका कोकोकोला,फेन्टा,स्प्राईट,प्राउन लगाययतका १ लाख भन्दा धेरैको अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मान बहादुर बुढाले बताए ।
अनुगमनको क्रममा फार्मेसिहरुले संञ्चालकहरुले तिन चार गुणा मुल्य लिनुका साथै बिल पनि नदिने गरेको पाईएकाले यसो नगर्न र म्याद नाघेका औषधि तथा दैनिक उपभोग्यबस्तुरु बिक्रिवितरण नर्गन कडा निर्देशन दिएको बुढाले बताए ।
डोल्पा सामान ढुवानीगर्ने बाँके,रुकुम,जाजरकोट,सल्यान लगायतका जिल्लाहरुबाट डोल्पामा जस्तोपनि समाना कट्ने भन्दै म्याद नाघेका उपभोग्य बस्तुहरु पठाउने गरेको पाईएकाले व्यापारीहरु मारमा पर्ने गरेको समेत उनले बताए ।
अनुगमनमा अखाद्य बस्तुहरुको अनुगमन पछि सामानको मुल्यमा दोब्बर तेब्बर मुल्यमा बेच्ने गरेको पाईएकाले त्यसको छिटै सम्पुर्ण सरोकारवालाहरु भेला गरेर मुल्य निर्धारण गरिने उनले जानकारी दिए ।
अधिकाशं पसलेहरुले होडिङ बोर्ड तथा सामानको मुल्यसुची बिनानै सामान बिक्रिवितरण गर्ने गरेको पाईएको यसकोलगि सम्बन्धित निकायलाई निर्देशन दिईएको समेत उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij