आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

नयाँदिल्ली पुग्नभन्दा नागढुङ्गा पुग्न ढिलो !

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौँ । कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला ? त्यति सहज छैन, यसको जवाफ । हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले ।

    “माननीय सभापतिज्यू, तपाईं घर जाँदा कुन बाटोबाट यात्रा गर्नुहुन्छ ? डिजी साहेब, सचिवज्यू, तपार्इं त्यो बाटोबाट यात्रा गर्नुहुन्न कि ? यात्रा गरेर पनि देख्नुहुन्न ? अथवा देखेर पनि नदेखेजस्तो गर्नुहन्छ ?”

    व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सांसद रामकुमार भट्टराईसित सो प्रश्नको उत्तर चाहे ।

    तर उनीहरुले सहज रुपमा सांसद भट्टराईको प्रश्नको उत्तर दिएनन् । मुसुक्क हाँसिदिएमात्र उनीहरुले । कास्की निवासी सभापति अधिकारी प्रायः आफ्नो गृह जिल्ला जाँदा सोही मार्गबाट आवतजावत गर्छन् ।

    अहिले कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कम्तीमा चार घन्टाको समय लाग्ने गर्दछ । कलङ्की–नागढुङ्गा सडक विस्तार कार्य सुस्त रुपमा चलेका कारण घन्टौँ सवारीका साधन जाममा पर्ने गर्दछ । उसो त कलङ्की चोकमा सुरुङ मार्ग (अन्डरग्राउन्ड) निर्माण कार्य सुरु गर्न सडकलाई छेकबार लगाएपछि त सो मार्गबाट आवातजावत गर्नेले व्यहोर्नुपरेको सास्ती असाध्यै कष्टप्रद छ ।

    सांसद भट्टराईले प्रश्न गरे – “जेठा दाइको त भाङ्ग्राको गति अरु भाइको के गति ? राजधानी भित्रिने सडकको त यो गति छ, कहिले भत्काएर सकिन्छ र कहिले बनिसक्ला ? लौन यसको उत्तर कुन निकायसित होला ?”

    रसुवागढी सडक, पोखरा बेनी जोमसोम कोरला सडक, अरनिको राजमार्ग, कर्णाली करिडोर, चैनपुर ताक्लाकोट सडक, हुलाकी राजमार्गलगायतका सडकको विद्यमान अवस्थाका बारेमा छलफल गर्न विकास समितिको बैठकको कार्यसूचीे तय गरिएको थियो ।

    बैठकमा सहभागी अधिकांश सांसदले राजधानीको जोड्ने नागढुङ्गा कलङ्की सडक विस्तार कार्य छिटो पूरा गर्न, राजधानीका अधिकांश सडकको अवस्था पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलो उडेर हिँडिनसक्नु अवस्था किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

    समितिका सदस्य मोहन बानियाँले सडक निर्माण तथा विस्तार कार्य सुरु गर्नुपूर्व यसको समयावधि तोकिनुपर्ने र निर्धारित समयसीमाभित्र पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गरे।

    समितिका अर्का सदस्य प्रकाश शर्माले माटो काटेर बाटोको भुक्तानी दिने प्रवृत्तिलाई सडक विभागले रोक्न र सडकको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए ।

    अर्का सदस्य जनार्दन ढकालले पासाङ राजमार्गमा जोडिएका दायाँ बायाँ जमिनको मुआब्जा दिन माग गर्दै बहुवर्षीय सडक ठेक्कापट्टासम्बन्धी नीतिलाई स्पष्ट गर्नुपर्छ भने ।

    अर्का सदस्य रामअयोधीप्रसाद यादवले हुलाकी सडकअन्तर्गत पर्ने पुलको ठेक्कापट्टा लगाउन, यसको गुणस्तरमा ध्यान दिनुपर्छ भने ।

    बैठकमा समितिका सदस्यहरु गणेशसिंह ठकुन्ना, रञ्जना सरकार, चीनकाजी श्रेष्ठ, आङ्दवा शेर्पाले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने सडकमा बजेटको अभाव रहेको गुनासो गरेका थिए ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले मन्त्रालयले टनेल सडक, एक्सप्रेक्स सडक, मृत्युविहीन सडक, सुविधा सम्पन्न सडक, रेल यातायातमा ध्यान दिएको जानकारी दिए ।

    सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीले विसं २०५० मा भएका इञ्जिनियरले सडक निर्माणमा काम गर्नु परिरहेको गुनासो राखे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij