आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

चिकित्सा उपकरण नियमन गर्न निर्देशिका ल्याइँदै

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • काठमाडौँ  । स्वास्थ्य मन्त्रालयले चिकित्सा उपकरणको गुणस्तरीयता नियमन गर्न निर्देशिका ल्याउने भएको छ ।

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निर्देशिकाको मस्यौदा तयार भइसकेकाले केहीदिनमै मन्त्रालयमा छलफलका लागि पठाउन लागिएको जानकारी दिए ।

    उनले उपचारमा प्रयोग भइरहेका उपकरणको गुण्स्तरको नियमन नहुँदा गुणस्तरीय उपचार हुन नसकिरहेको भन्ने गुनासा आउन थालेपछि यससम्बन्धी निर्देशिका बनाइ अगाडि बढाउन लागिएको बताएा ।

    ‘‘औषधि बाहेकका अन्य चिकित्सा उपकरण जस्तै सिरिन्ज, किटहरु, एक्स रे मेसिन, सि टि स्क्यान मेसिन, एमआरआई मेसिनलगायतका उपकरणको गुणस्तरीता नियमन गरी उपचारमा थप उत्कृष्ठता ल्याउन निर्देशिकाले सहयोग पुग्नेछ’’ महानिर्देशक ढकालले भने ।

    यसअघि पनि २०७१ सालमा विभागले महानिर्देशक ढकालकै नेतृत्वमा निर्देशिका बनाएको थियो । तर त्यसमा विभिन्न कुराहरु नसमेटिएका कारण जारी हुन सकेका थिएन ।

    स्वास्थ्य मन्त्री गगनकुमार थापाले पहिलेको मस्यौदालाई नै सशोधन गरी ल्याउन निर्देशन दिएपछि सुशासन ऐनमार्फत जारी गर्न लागिएको हो ।

    नियमनका लागि आवश्यक जनशक्ति विभागसँग नभएकोले त्यसका लागि थप जनशक्ति, बजेटलगायतको व्यवस्था गर्न पनि मस्यौदामा उल्लेख गरिएको महानिर्देशक ढकालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij