आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

टीकापुर घटनाको निष्पक्ष छानबिन गर्नुपर्छः गच्छदार

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • धनगढी  । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए ।

    अध्यक्ष गच्छदारले भने, “टीकापुर घटनाका नाममा राज्यले कयौँ निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौँ थारू विस्थापित भएका र कयौँको सम्पत्तिमा क्षति पुगेको छ” ।

    सीमाङ्कनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उनले आठ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गरे । पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली कञ्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिए  ।

    उनले ठूला दलले आफूसँग कुनै सरसल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij