आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सुदूरपश्चिममा बिक्री गर्ने पचपन्न प्रतिशत चामल बाजुरामै खपत

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • भीमदत्तनगर । खाद्य संस्थानले सुदूरपश्चिममा बिक्री गर्ने कुल चामलको ५५ प्रतिशत बाजुरामा खपत हुने गरेको छ ।

    सुदूरका अन्य जिल्लाको तुलनामा खाद्य सङ्कट बढी हुने बाजुराका दुईवटा बिक्री केन्द्रबाट वार्षिक २० हजार क्विन्टल चामल बिक्री वितरण हुने गरेको छ । नेपाल खाद्य संस्थान सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ लेखा सहायक गङ्गादत्त पन्त वार्षिक रुपमा सुदूरका पाँच पहाडी जिल्लामा बिक्री केन्द्रमार्फत करिब ३० हजार क्विन्टल चामल खपत हुने गरेको बताए ।

    बझाङ सदरमुकाम चैनपुरमा रहेको बिक्री केन्द्रबाट न्यून चामल खपत हुने गरेको छ । चैनपुरमा व्यापारीले संस्थानको भन्दा सस्तोमा चामल बिक्री गर्ने गरेका छन् । चैनपुरबाट वार्षिक एक हजारदेखि एक हजार २०० क्विन्टल चामल बिक्री हुन्छ । पछिल्ला वर्षमा सवारी साधनको पहुँच बढेसँगै बझाङ, अछाम, दार्चुला, बैतडीमा संस्थानको चामल कम खपत हुँदै गइरहेको छ ।

    नेपाल खाद्य संस्थानले दार्चुला, अछाम र बझाङमा तीन–तीनवटा र बैतडी र बाजुरामा दुई–दुईवटा बिक्री केन्द्रमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । “दुई/तीन वर्षयता बिक्री वितरणमा कमी आएको छ,” पन्तले भने । सुदूरपश्चिमका लागि सुरुवातमा २० हजार क्विन्टल चामल खरिदका लागि कोटा आउने गरेको थियो । हाल खाद्य संस्थानको क्षेत्रीय कार्यालयमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।

    “सुदूरपश्चिममा खाद्य सङ्कट छैन,” उनले भने । संस्थानले पहाडी जिल्लामा निर्यातका लागि कैलाली, कञ्चनपुर, बर्दिया, बिर्तामोडलगायतका ठाउँबाट बर्सेनि चामल खरिद गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij