आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बझाङमा १० हजार मेट्रिक टन खाद्यान्न अभाव हुने

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • बझाङ । विकट हिमाली जिल्ला बझाङमा समग्र उत्पादन गत वर्षको भन्दा बढी भए पनि जिल्लाको कुल खाद्यान्नको मागलाई हेर्दा यस वर्ष करिब १० हजार २८ मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

    आठ वटा गाविसमा धानको उत्पादनमा ८० देखि ९० प्रतिशत ह्रास आएका कारण भोकमरीको खतरा समेत रहेको जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक जगदीस रोकायाले बताए । यस जिल्लाका भातेखोला, गडराय, कैलास र मष्टा Bajhang_district_locationगाविस खाद्य सुरक्षाका हिसाबले उच्च जोखिममा रहेका छन् भने दहवगर, कांडा, भामचौरलगायतका २८ गाविस मध्यम जोखिममा रहेको जिल्ला खाद्य सुरक्षा सञ्जालको तथ्याङ्क छ ।

    सिञ्चाइको विकासका लागि बर्सेनि ठूलो रकम खर्च हुने गरे पनि योजनाको मापदण्ड अनुसार निर्माण नहँुदा सरकारी कार्यालयले सिञ्चित भनिएका ठाउँमा पनि आकासे पानी कै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ ।

    तर गत वर्ष लामो खडेरीका कारण जिल्लाको वर्षे र हिउँदे बालीको उत्पादनमा व्यापक गिरावट भएको बझाङमा यसपालिको वर्षे बालीको उत्पादन सन्तोषजनक रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

    जिल्लाको प्रमुख बालीका रुपमा रहेको धानको र मकैको उत्पादन गत वर्षभन्दा बढी भएका कारण समग्र उत्पादनमा राम्रो देखिएको हो । कुल सात हजार १०० हेक्टर क्षेत्रफलमा भएको धानखेतीबाट २३ हजार ४३० मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मदनराज जोशीले बताए ।

    गत वर्ष यति नै क्षेत्रफलमा गरिएको धान खेतीबाट २१ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको थियो ।
    यस्तै उत्पादनका हिसाबले दोस्रो प्रमुख बालीका रुपमा रहेको मकैको पनि यस वर्ष उत्पादन बढेको छ । गत वर्ष चार हजार ६०५ मेट्रिक टन उत्पादन भएको मकैले यस वर्ष रेकड तोड्दै पाँच हजार ४६० मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष करिब चार हजार २०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो ।

    जिल्लाको तेस्रो प्रमुख बाली कोदोको उत्पादनमा भने केही गिरावट आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कुल तीन हजार हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट आशा गरे जति उत्पादन नभएको बताइएको छ । यस वर्ष जिल्लामा एक हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको छ ।

    यस्तै सुरुमै बढी वर्षा भएका कारण दलहन र तेलहनबालीको उत्पादन पनि सन्तोषजनक नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij