आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माडिखोलाको पानी सुरुङबाट दाङ ल्याएर बिजुली निकाल्ने सरकारको योजना

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • दाङ  ।  उर्जा मन्त्री जनार्दन शर्माले माडिखोलाको पानीलाई दाङमा ल्याएर विद्युत निकाल्न र सिचाँई गर्न सकिने गरि प्राबिधिक अध्ययन भएको बताएका छन् ।

    नेकपा माओबादी केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको दाङ जिल्लाको समग्र विकासका लागि उर्जा, जलश्रोतको सम्भावना र लगानी बिषयक कार्यक्रममा बोल्दै उर्जा मन्त्री शर्माले माडिखोलाको पानीलाई सुरुङ मार्फत दाङमा ल्याउन सकिने बताएका हुन् ।

    करिब १७ किलो मिटर सुरुङ खोलेर माडिको पानी घोराहीको सिरानमा ल्याउन सकिने र त्यसबाट ६६ मेगावाट विद्युत निकाल्नुका साथै ७५ हजार हेक्टर जमिन सिँचाई गर्न सकिने योजना बनेको जानकारी दिए ।

    उक्त योजनाको सम्भाव्यता अध्ययन समेत भैसकेको र सरकार, समुदाय, निजि क्षेत्रको साझेदारीमा काम गर्ने गरी प्राबिधिक अध्ययन भएको जानकारी दिए । जलस्रोतको सदुपयोग हुन नसकेको भन्दै उनले अब सरकारको नेतृत्व र निजि क्षेत्रको सहकार्यमा घरघरमा विजुली सँगै घरघरको सेयर लगानी गरी दाङको बिकास गर्ने योजना रहेको बताए ।

    त्यसैगरी बैकल्पीकरुपमा शारदा नदी र सिउरीको पानीलाई समेत दाङमा ल्याएर देउखुरी सहित घोराही र तुलसीपुर क्षेत्रको भुभागमा सिँचाई गर्न र विद्युत निकाल्न सकिने उनको भनाई छ । कार्यक्रममा उर्जा बिज्ञ कृष्ण शर्माले दाङमा जलस्रोतको माध्यमबाट विद्युत निकाल्न सकिने योजनाका बारेमा अध्ययनको खाकाका बारेमा जानकारी दिएका छन् ।

    कार्यक्रममा बिभिन्न गाबिसका नागरिकहरुले विद्युत बिस्तारका लागि उर्जामन्त्री शर्मालाई ज्ञापन पत्र समेत बुझाएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सरकार दिगो नहुदा कार्य प्रगति पनि स्थायी हुन नसकेको भन्दै दलहरुको आलोचना गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij