आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्व बजारमा नेपाली चियाको स्थान

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • करिब १ सय ४८ वर्ष पहिला कर्णेल गजराजसिंह थापाले चीनबाट उपहार स्वरुप प्राप्त चियाको बीउ इलामको चिया बगानमा रोपेपछि नेपालमा चियाखेतीको प्रारम्भ भएको पाइन्छ । deepak-kafle

    त्यसको एक शताब्दीसम्म चियाको विकास र विस्तार नभए पनि यही समयमा भारत सुरु भएको मानिन्छ । सन् १८६२ मा शुभारम्भ भए पनि चियाखेतीले सन् १९६० बाट मात्र विस्तारित रुप लियो । त्यस यता झापामा निजी स्तरमा चियाखेती सुरु भएको पाइन्छ । त्यसपछिका दिनमा मात्र इलामको फिक्कलमा व्यावसायिक रुपमा चियाखेती गरिएको हो । हाल चियाको व्यावसायिक रुपमा पाँचथर, तेह्रथुम, धनकुटा, ललितपुर र नुवाकोट, काभ्रे लगायतका जिल्लाहरुमा सुरु भएको छ ।

    चियाखेतीको सम्भावनालाई देखेर तत्कालीन राजा वीरेन्द्रले इलाम, पाँचथर, झापा, तेह्रथुम र धनकुटालाई सन् १९८० मा चिया क्षेत्र घोषणा गरेका थिए । अन्य बालीको तुलनामा चियाबाट अधिकतम आय आर्जन गर्ने भएकोले यस तर्फ किसानको आकर्षण बढ्दो छ । चिया एकपटक धेरै श्रम लाग्ने बाली हो । धेरै रोजगागरी सिर्जना गर्ने यो काममा बढी महिला कामदार छन् । विश्वका ४५ वटा देशमा खेती गरिने चिया सबैभन्दा प्रचलित तथा सस्तो पेय पदार्थ हो । यसलाई सबै उमेरका मानिसले प्रयोग गर्दछन् । सबैभन्दा बढी चिया उत्पादन गर्ने देश चीन र दोस्रोमा भारत भए पनि नेपालमा चियाखेतीको विस्तार गुणात्मक रुपमा हुँदै आएको छ ।
    पछिल्लो तथ्याङ्कअनुसार नेपालका चियाक्षेत्र घोषणा गरेका जिल्लामा ८ हजार ७ सय ५५ हेक्टरमा खेती गरिएको छ । त्यसबाट १ करोड २३ लाख ४ हजार ६ सय ५४ केजी चिया उत्पादन हुने गरेको छ । यी जिल्लाबाहेक १ हजार २ सय ५३ हेक्टर जमिनमा चियाखेती गरी ६८ हजार सय ६७ केजी चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका अनुसार पकेट क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका ११ हजार ४ सय ९४ साना किसानहरुले ९ हजार १ सय ३७ हेक्टर जमिनमा लगाएको चिया खेतीबाट ८९ लाख ३१ हजार ६ सय ९४ केजी चिया उत्पादन हुने गरेको छ । यीबाहेक अन्य जिल्लाका १ हजार ६५ सानाकिसानले २ सय ६४ हेक्टर जमिनमा लगाएको चियाबाट ४९ हजार ३ सय ६४ केजी चियाउत्पादन दिँदै आएका छन् ।????????????????????????????????????

    ३ हजार ४ सय ८९ हेक्टरमा १० लाख ८४ हजार ९ सय ५१ केजी सी.टी.सी. चिया उत्पादन भएको पाइन्छ । साना किसानहरुले ५ हजार ४ सय ५८ हेक्टरमा २२ लाख ६४ हजार १ सय ७७ केजी अर्थोडक्स र ३ हजार ७ सय ५ हेक्टरबाट ६७ लाख १६ हजार ८ सय ८१ केजी सी.टी.सी. चिया उत्पादन गर्ने गरेका छन् । उत्पादित चियाको बजार अमेरिका, जर्मनी, जापान, अस्टे«लिया लगायतका देशमा निर्यात हुने गरेको छ । पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कूल उत्पादनको ९० प्रतिशत निर्यात हुने गरेपनि बङ्गलादेश र पाकिस्तानले सीटीसी चिया आयात गर्न थालेका छन् । पछिल्ला दिनमा भारत र चीनमा समेत चिया निर्यात भएपनि सी.टी.सी. चिया भने नेपालमा नै खपत हुने गरेको छ ।

    नेपाली चिया स्तरीय भए पनि अन्तर्राष्ट्रिय स्तरमा स्विकार्य मापदण्ड अवलम्बन हुन नसक्दा विश्व बजारमा नेपाली चियाले राम्रो स्थान ओगटन सकेको छैन । विश्व बजारमा अर्गानिक चियाको माग बढे पनि नेपालले त्यो अवसरको सदुपयोग गर्न सकेको अवस्था छैन । सरकारी प्रयास नहुँदा खुम्चनुपर्ने अवस्था आएको चिया खेतीमा संलग्न व्यवसायीहरुको भनाइ छ ।

    चिनिया शब्द अजबाट आएको चियाको विश्व इतिहास चार हजार सात सय वर्षभन्दा बढीको छ । विश्वको कूल उत्पादन ४ हजार मिलियन केजीभन्दा बढी पुगि सकेको छ । प्रतिदिन पाँच कप चिया पिउनु स्वास्थ्यबर्धक मानिए पनि विश्वमा दैनिक करिब ३ अर्ब कप चिया पिउने गरेको तथ्याङ्क छ । ग्रिनटीको नियमित सेवनले मधुमेय, उच्च रक्तचाप र मुटुको रोग लाग्नबाट बचाउने बताइन्छ ।dsc03388

    चियाको प्रतिव्यक्ति खपतमा सबैभन्दा बढी आयरल्यान्डको ३ केजी छ । नेपालको प्रतिव्यक्ति खपत ३ सय ५० ग्राम मात्र भएको अनुमान गरिएको छ । विश्वको कूल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाको हावापानी भारतको दार्जिलिङसँग मिल्दोजुल्दो छ । नेपाली उत्पादन गुणस्तरको हुँदा–हुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य मापदण्ड अवलम्बन गर्न नसक्दा नेपाली चियाको अस्तित्व मेटिने अवस्था छ । नेपाली चियालाई दार्जिलिङको भनेर बजारीकरण गरिँदा नेपाली चियाले विश्व बजारमा ठूलो हिस्सा ओगट्ने अवसर गुमेको छ । विश्व बजारमा नेपाली चिया पुर्याउन सरकारी पहल आवश्यक छ । विश्व बजारममा अर्गानिक चियाको माग बढ्दो छ । अर्गानिक चियाको उत्पादनमा नै नेपाली चियाको भविष्य गासिएको चियामा ४० वर्ष बिताएका डिल्ली बाँस्कोटा चियाखेतीमा संलग्न सबैले चिया रोपण, उत्पादन प्रतिशतदेखि बजार व्यवस्थापनसम्म गुणस्तरमा ध्यान दिन सुझाव दिन्छन् । बाँस्कोटा भन्छन्– चियाको उत्पादन र क्षेत्र बिस्तार मात्र होइन आन्तरिक बजारमा पहिचान बनाउन थालेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्दै लान सकेमा स्थायी बजार र उपभोक्ता सुरक्षित गर्न सकिन्छ । चियाको बेर्ना लगाएको चार वर्षमा उत्पादन दिन सुरु गरे तापनि पाँच वर्षपछि राम्रो उत्पादन दिन्छ । चियाको आयु १ सय वर्षभन्दा बढी भए पनि सय वर्षपछि उत्पादनमा कमी आउँछ । चियाले चैतको पहिलो हप्तादेखि ७ महिनासम्म उत्पादन
    दिन्छ । तर भूमध्य रेखाममाम भएका मूलुकहरुमा भने १२ महिना चियाको उत्पादन हुन्छ । भारतको केही भागमा पनि १२ महिना चिया उत्पादन हुने गर्दछ । चियाको पत्ती टिपेको २ देखि ४ घण्टा भित्रमा प्रोसेसिङ गरेमा उत्कृष्ट चिया बनाउन सकिन्छ । पत्ती टिपेको १२ घण्टामा प्रोसेसिङ नगरेमा त्यो पत्ती काम लाग्दैन । नेपाली चिया बगानमा करिब ४५ हजार मजदुर कार्यरत छन् । मजदुरमध्ये ९० प्रतिशत महिला मजदुर रहेका छन् । न्यून ज्यालाका कारण पुरुष मजदुर यसप्रति आकर्षित हुन सकेका छैनन् । न्यून ज्यालाका कारण कामदार पाउन मुस्किलसमेत पर्ने गरेको छ । ठूला बगानले न्यून ज्याला दिँदा लामो समयसम्म मजदुर हड्तालको समस्या पनि आउने गरेको छ । तर अहिले चिया किसानहरु सङ्गठित बनेपछि मजदुर हड्तालको सम्भावना टर्दै गएको छ ।

    चिया मजदुरको अभाव भएपछि पाँचथरको कञ्चनजङ्घा टी स्टेटले मजदुरका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । पहिलो चरणा १ कक्षादेखि १० कक्षासम्म १ सय ७० मजदुरका छोराछोरी छात्तवृत्तिमा अध्ययन गर्दछन् भने दोस्रो चरणमा एसएलसी पश्चात प्राविधिक विषय पढ्नेलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यस कार्यक्रममा २७ जनाले अध्ययन गरेको टी स्टेटका प्रवन्धक बाँस्कोटा बगानमा काम गर्ने मजदुरको अभाव र हडतालको अवस्था नआएको बताउने प्रवन्धक बास्कोटा बगानमा काम गर्ने मजदुरको लागि गाई समेत वितरण गरिएकोले आय आर्जनमा थप सहयोग पुगेको दावी गर्छिन् । गाई पालनका लागि टीस्टेटले गाई किनेर मजदुरलाई दिने गर्दछ, दूध मजदुरले बजारमा बेच्ने गर्छन् भने मल टी स्टेटले खरिद गरि दिने गरेको छ । यो कार्यक्रम अनुसार २ सयभन्दा बढी गाई वितरण भएको बाँस्कोटाले बताइन ।
    ठूला बगानले राम्रो मूल्य नदिएकाले साना किसानले आफै चियाको प्रशोधन
    गर्न लागेका छन् । अहिले ८० वटा जति साना किसान र सहकारीले प्रशोधन कारखाना सञ्चालन गरेका छन् । यो सङ्ख्या वर्षमा १० वटाले थपिने गरेको छ । साना किसानले उत्पादन गरेको चियाको स्वादसमेत उत्तम र बजार पनि राम्रो भएको पाइन्छ । साना किसानले आफै स्पेसलिस्ट टी एसोसिएसन अफ नेपाल नामक संस्था खोली चियाको बजार प्रवर्धन गरिरहेका छन् । अहिले संस्थामा आबद्ध यस २७ वटा साना तथा मझौला प्रशोधन कारखाना सञ्चालनमा छन् । भौतिक पूर्वाधार र लगानीका कारण समस्यामा परेका साना किसानलाई मझौला प्रशोधन कारखानाले राहत प्रदान गरेको मात्र छैन पत्तीको राम्रो दामसमेत पाएका छन् । ठूला कारखानाले ३० देखि ३५ रुपियाँप्रति के.जी.मा खरिद गर्ने हरियो पत्तीको अहिले मझौला प्रशोधन कारखानाले २ सय ५० रुपियाँ प्रति केजीसम्म खरिद गर्न थालेको छ । २०६७ सालमा पहिलो पटक दिनमा २ सय ५० केजी सम्म साना किसानले सञ्चालन गरेका कारखानाले प्रशोधन गर्न थालेकोमा अहिले त्यो बढेर गएको छ । इलाममा मात्र साना किसानले सञ्चालन गरेका प्रशोधन कारखाना २७ वटा छन् । पछिल्ला दिनमा नुवाकोट, ललितपुर, रामेछाप, काभ्रेलगायतका जिल्लामा साना प्रशोधन कारखाना खुले पनि त्यहाँबाट उत्पादित चियाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।
    अर्गानिक चिया प्रतिकेजी पाँच सयदेखि ५ हजारसम्ममा बिक्री गर्दै आएका साना किसानले अहिले सङ्गठित भएर अर्गानिक प्रमाणीकरणको थालनी गरेका छन् । स्पेसलिटी टी एसोसिएसनले प्रमाणीकरणका लागि प्रकृया सुरु गरेको सो संस्थाका अध्यक्ष राजु शेर्मा लिम्बुले बताए । ब्रान्डिङ हाउस स्थापना गरी सबै किसानले उत्पादन गरेको चिया भेला पारी अर्गानिक सर्टिफिकेसन गराउन लागिएको भनाइ सेर्माको छ । अर्गानिक सर्टिफिकेसन अस्ट्रेलियाको नासा, जापानको जास र अमेरिकाको यूएसएले गर्ने गर्दछ ।picture-014

    नेपालमा समुन्द्र सतहको ६२ मिटरदेखि ४ हजार ७ सय मीटरको उचाइमा चिया उत्पादन हुने गरेको छ । सम्भवत विश्वको सबैभन्दा अग्लो स्थानमा चिया उत्पादन भएको मादी हिमाली टी स्टेट हो । जहाँ वर्षमा दुई पटकभन्दा बढी हिउँ पर्ने गरेको छ । सरकारले कृषिमा ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भने पनि चिया त्यसमा पर्न सकेको छैन । ठूला व्यावसायी र साना व्यवसायीको वर्गीकरण नहुँदा सरकारी नीतिमा चिया नपरेको चिया किसानको गुनासो छ । सरकारी स्तरमा नेपाल चिया विकास निगमले सञ्चालन गरेका ७ वटा चिया बगानसमेत २०५७ सालबाट निजीकरण भएपछि चियाामम ठूला ब्यापारीको अधिपत्य रहँदै आएको
    छ । चियाको उत्पादन र निर्यातसँगै चिया बगानमा रमाउन चाहनेको संस्था पनि बढ्दो छ । बिशेष गरी बिदेशी पर्यटकका लागि त यस्ता स्थान आकर्षणका केन्द्र बन्ने गरेका छन् । चिया बगान अहिले आकर्षणका केन्द्र बनी बर्षेनी हजारौं पर्यटक रमाउने गरेका छन् ।

     बयायोलिया साइनेनसिस चियाको मुख्य ३ वटा जात हुन्छन् ः
    १. चिनिया जात
    २. आसामी जात
    ३. बयोम्बोड जात

    तयारी चियालाई ३ किसिममा वर्गीकरण गरिन्छ ः
    १. कालो चिया

    २. हरियो चिया
    ३. ओलाङ चिया
    – कालो चिया २ प्रकारको हुन्छ
    क) अर्थोडक्स चियः यसलाई पत्ती चिया पनि भनिन्छ, यो बासनादार हल्का रङको हुन्छ । विश्व प्रसिद्ध अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटा र अन्य पहाडी जिल्लामा उत्पादन हुन्छ ।
    ख) सीटीसी चिया यसलाई धुलो दानादार चिया पनि भनिन्छ । नेपालमा झापामा मात्र यसको उत्पादन हुन्छ । यसको खपत आन्तरिक रुपमा भए पनि पछिल्ला दिनमा भारत, बङ्गलादेश र पाकिस्तान निर्यात हुन थालेको छ ।
    २. हरियो चियाः ग्रीन टी उत्पादन गर्ने कारखाना इलामको पशुपति नगरमा छ । यो जापान, चीन र ताइवानमा उत्पादन तथा खपत बढी हुन्छ ।
    ३. ओलाङ चिया ९इलिन त्भब० यो चिया सेमी फर्मन्टेड चिया हो । यसको उत्पादन नेपाल, चीन, भारतमा भए पनि खपत ताइवान, जापानमा बढी छ ।

    प्रशोधन तरिका
    हरियो पत्तीलाई ल्याएर वेदरिङ ट्रफमा १०–१५ घण्टासम्म ओइलाइन्छ ।
    – रोलरमा राखेर रोलिङ गरिन्छ ।
    – आवश्यकता अनुसार १–२ घण्टासम्म फर्मेन्टेसन गरिन्छ ।
    –त्यसपछि ड्रायरमा राखेर सुकाइन्छ ।
    –हरियो पत्तीलाई हरियोपना नहराउने गरी निश्चित समय भित्रमा ओइलाउने गरिन्छ ।
    –रोस्टिङ वा स्टेमिङ बिधिबाट ओइलाउने काम हुन्छ ।
    –रोलरमा पठाइन्छ ।
    –रोलरबाट तत्कालै ड्रायरमा पठाई चियाको गुण यथावत राखेर रोलिङ गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij