प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
काठमाडौं । संसदमा महाभियोग प्रस्ताव दर्ता पछि निलम्बित लोकमानसिंह कार्कीले आफू बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेश गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्तका रूपमा प्रस्तुत गरेका हुन् ।
कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्ने क्रममै बहालवाला प्रमुख आयुक्त भनि उल्लेख गरेका छन् । लिखित जवाफको दोस्रो बुँदामा पनि उनले आफुलाई पूर्वमुख्य सचिवका रूपमा मात्रै सम्बोधन गरिएकामा आपत्ति जनाउँदै आफू अख्तियार प्रमुखसमेत रहेको दाबी गरेका छन् ।
‘मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिव मात्रै नभइ संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारकको बहालवाला प्रमुख आयुक्त हुँ,’ कार्कीले भनेका छन्,‘म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हुँ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij