प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
कपिलबस्तु । अप्टिकल फाइबरमा समस्या अाएपछि सदरमुकाम लगायत तौलिहवा–भैरहवा रुट अन्र्तगतका उपभोक्ताहरुका टेलिफोन (ल्याण्ड–लाइन) तथा इन्टरनेट (एडिएसएल) सेवा अवरुद्ध भएको छ ।
भैरहवामा अप्टिकल फाइबर काटिदा बुधबार (हिजो) बिहानदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा तथा टेलिफोन (ल्याण्ड–लाइन) सेवा अवरुद्ध भएको नेपाल टेलिकम तँैलिहवाका शाखा उपप्रमुख तारा घिमिरेले बताए ।
उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” तौलिहवा–भैरहवा रुट अन्र्तगतका ५ सय भन्दा बढि ग्राहकको लाइनमा यस्तो समस्या आएको प्राविधिकहरुको भनाइ छ ।
हिजैदेखि टेलिफोन र इन्टरनेटमा समस्या आउदा निकै समस्या आएको स्थानीय निरन्जन उपाध्यायले बताए । बिशेष गरि यस्तो समस्याले सरकारी कामकाज र संचार माध्यमलाई प्रभाव पारेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij