प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
दाङ । दाङको घोराही बजारमा रहेका सडक बालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर परामर्श दिन थालेको छ । घोराही बजारमा कवाड खोज्नुका साथै कुलतमा फसेका १० जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएर परामर्श दिन थालेको हो ।
जिल्लाका बिभिन्न स्थानबाट बजारमा आएका ति बालकहरुका अभिभाबकहरुलाई बोलाएर पराशर्म दिन थालिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । प्रहरीले अस्ती देखि उनिहरुलाई कार्यालयमा राखेर सम्झाई बुझाई गरिरहेको छ ।
अभिभाबकको कमजोरीका कारण स्कुल जाने उमेरका बालकहरु घोराहीका सडकमा भौतारीदै आएका छन् । उनिहरु चोरी गर्ने, कुलतमा फस्ने, अश्लिल शब्द बोल्ने गरेका छन् । प्रहरीले उनिहरुका अभिभाबकहरुलाई बोलाएर घरमै राख्ने गरि जिम्मा लगाउने भयको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij