आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लाेकमानसिंह कार्कीको योग्यता- बर्खास्तको सिफारिसमा परेका थिए कार्की

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको प्रमाण फेला पारेको छ ।lokman-sing

    राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । यी कागजातले उनलाई अख्तियारको प्रमुख आयुक्त बनाउने क्रममा संवैधानिक परिषदको बैठकले ‘उच्च नैतिक चरित्रयुक्त’ भनी गरेको सिफारिसमाथि प्रश्न खडा गरेको छ ।

    २०६२/६३ को जनआन्दोलनको सफलतापछि गठित सरकारले तत्कालीन मुख्यसचिव कार्कीलाई राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत पद सिर्जना गरी सरुवा गरेको थियो । सरुवा भए पनि कार्कीले योजना आयोगको सचिवालयमा कामै गरेनन् । झन्डै १३ महिना शृंखलाबद्ध बिदाको खेलमा लागेका कार्की २०६४ साउन तेस्रो सातादेखि अचानक बेपत्ता भएको पुष्टि हुने कागजात फेला परेको हो ।

    २०६४ साउनपछि बिना कुनै सूचना कार्की गायब भएपछि सरकारले उनीमाथि कारबाही प्रक्रिया थालेको थियो । पाँच दिनको भैपरि बिदा र एक वर्षको असाधारण बिदासमेत अस्वीकृत भएको जनाउ दिँदै योजना आयोगको सचिवालयले २०६४ कात्तिक २० गते गोरखापत्रमा सार्वजनिक सूचना निकालेर कार्कीलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो ।

    ‘बिदा स्वीकृत नभएको जानकारीपत्र समेत घर/ठेगानामा पठाउँदा नबुझी फिर्ता भई आएको हुँदा’ सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित मितिले बाटो म्यादबाहेक ७ दिनभित्र यस सचिवालयमा हाजिर हुन आउनुहोला । अन्यथा निजामती सेवा ऐन २०४९ अनुसार कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij