आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्माणाधिन आयोजना सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३



  • काठमाडौं । भारतीय ऋण तथा लगानीमा निर्माण हुने जलविद्युत, सीमापार रेल, एकीकृत जाँच चौकी, सडक, पूर्वाधार आयोजना समयबद्धरुपमा सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् । आयोजनाहरुको प्रगति तथा समस्याबारे अध्ययन गर्न गठित संयुक्त अनुगमन संयन्त्रको मंगलवार बसेको पहिलो वैठकमा समयबद्ध कार्यान्वयनमा दुवैपक्षले प्रतिवद्धतासमेत जनाएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत भदौ ३० देखि २ सम्म भएको राजकीय भारत भ्रमणका बेला यो संयन्त्र गठन गर्ने सहमति भएको थियो । दुई देशबीच विगतमा भएका सहमतिहरुको समयबद्ध कार्यान्वयनका लागि गठित संयन्त्रको पहिलो वैठक परराष्ट्रमन्त्रालयमा मंगलबार बसेको हो ।

    संयन्त्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी तथा भारतबाट नेपालका लागि राजदूत रणजीत रायले नेतृत्व गरेका छन् । वैठकमा दुवैले एकअर्को मुलुकको नेतृत्व गरेका थिए ।

    नेपालबाट अर्थ, ऊर्जा, आपूर्ति, भौतिक पूर्वाधार, सिँचाईँ मन्त्रालयका सहसचिव सहभागी थिए । भारतबाट भने राजदूतसहित दुतावासका बरिष्ठतम अधिकारी सहभागी थिए । वैठकको माइनुटमा बुधवार हस्ताक्षर हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij