आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमामा सुरक्षा निगरानी, प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३



  • काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमीकमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् ।

    तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअभ्यास गरेका थिए ।

    आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण यसअघिका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ ।

    यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन् ।

    यसैबीच प्रहरीले प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती बढिरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । सुरक्षा खलल पार्ने तत्वको पहिचानमा पनि प्रहरी जुटेको छ ।

    प्रदेश ५ मा राजनीतिकरुपमा संविधान संशोधनको विपक्षमा रहेका दल र दुईमा भूमिगत सशस्त्र समूहले गतिविधि बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij