आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान संशोधनले देश मुडभेडतिर : रावल

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन गरिए देश मुडभेडतिर जाने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज गेटा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

    उनले संविधान संशोधनको कुरा उठाए लगत्तै देशका विभिन्न भागमा विरोध र आन्दोलन भइरहेको बताउँदै नेता रावलले काँग्रेस र माओवादीले देशलाई द्धन्द्धतिर धकेल्ने खोजिरहेको आरोप लगाए ।

    काँग्रेस र माओवादीले संशोधनको प्रस्ताब दर्ता गरेर तराई, पहाड र हिमाल एक भएर बसिरहेको समाजलाई टुक्रयाउन खोजेको रावलले बताए ।
    देशलाई अप्ठ्यारोमा पार्न नदिन एमाले संविधान संशोधनको विपक्षमा रहेर संसद र सडकबाट प्रतिरोधात्मक सघर्ष गर्ने उनले बताए ।
    संबिधान संशोधनको प्रस्ताब दर्ता भएसँगै स्वयं मधेशवादीदलहरु पनि त्यसको बिरोधमा देखिएको उल्लेख गर्दै नेता रावलले यस्तो अवस्थामा संबिधान संशोधनको औचित्य नै समाप्त भइसकेको दाबी गरे ।

    संविधान संशोधनको प्रस्ताब दर्तापछि नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहलले देश निर्बाचनको माहोलतिर गएको भन्ने अभिव्यक्ति दिनु गलत भएको उनको टिप्पणी थियो ।
    यस्तो असन्तुष्टि देखिदादेखिदै पनि निर्बाचन कसरी हुन्छ उनले भने निर्वाचनका लागि त सबै दलहरुबीच सहमती हुन आवश्यक छ । निर्बाचनमा जान त सबै दलको आवश्यकता पर्छ । दुई दलले मात्र निर्वाचन गर्ने त होइन् उनले प्रश्न गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij