आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नाष्टले प्रविधि विकासलाई प्राथमिकतामा राख्नुपर्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • मंसिर १७, २०७३- प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति पुष्पकमल दाहालले प्रविधि विकास प्राथमिकतामा नाष्टले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार ललितपुरमा बसेको नास्टको ३९ औं बैठकमा उनले नास्टको विकासका लागि पुरक बजेटमार्फत् बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले नाष्टले गर्ने हरेक अनुसन्धान परिणाममुखी हुनुपर्नेमा पनि जोड दिए ।

    बैठकले विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित बासस्थानको व्यवस्था, प्रकृति, सिमसार क्षेत्र तथा जैविक विविधताको क्षेत्रमा योगदान पुर्‍याएबापत विसं २०७३ को प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिने निर्णय गरेको छ । नाष्टद्वारा प्रदान गर्ने उक्त पुरस्कारको राशि रु दुई लाख छ ।

    यसैगरी रु एक लाख राशिको विज्ञान पुरस्कार डा मनोजकुमार यादवलाई प्रदान गर्ने निर्णय भएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडलाई विभिन्न अप्टिकल र इलेक्ट्रोनिक उपकरणमा उपयोग गर्ने जिङ्क अक्साइड अणुको समूहमा म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकता अनुसार विभिन्न रङ्गको लेजर उत्पादन गर्न सकिने कुराको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रकाशित गरी योगदान पुर्‍याएबापत उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नास्टका उपकुलपति प्रा डा. जीवराज पोखरेलले बताए ।

    त्यस्तै रु एक लाख राशिको प्रविधि पुरस्कार डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गर्ने छ । डडुवा रोग अवरोधक वर्णशङ्कर गोलभेंडाको उत्कृष्ट जात विकास गरी नेपालको खेती र किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याएबापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

    यसैगरी, जनही रु ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँच जनालाई प्रदान गर्ने निर्णय भएको नाष्टले जनाएको छ । उक्त पुरस्कार पाउनेमा पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाह रहेका छन् ।

    त्यस्तै प्रज्ञा प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार दुई जनालाई प्रदान गर्ने भएको छ । जनही रु पचास हजार राशिको उक्त पुरस्कार पाउनेमा महिला स्वास्थ्य स्वयम्सेवीका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङ्गका श्री रामचन्द्र अधिकारी छन् ।

    ‘द वल्र्ड एकेडेमी अफ साईन्सेस’ पुरस्कार रसुवाका डा सरस्वती आचार्यले प्राप्त गर्ने भएकी छिन् । उक्त पुरस्कार रु एक लाख नौ हजार (एक हजार डलर) राशीको छ ।

    यसैगरी नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गर्ने भएका छन् । पुरस्कार पाउनेमा ओखलढुङ्गाका प्रा.डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा.डा कृष्णदास मानान्धर र ललितपुरका प्रा.डा सिर्जनलाल श्रेष्ठ रहेका छन् । पुरस्कारको राशि जनही रु एकलाख २५ हजार रहेको छ ।

    नास्टले प्रदान गर्न लागेको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार दुई जनाले प्राप्त गर्ने छन् । जनही रु पच्चीस हजार रहेको उक्त पुरस्कार पाउनेमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका श्री विमला ढकाल र प्राणीशास्त्र केन्द्रीय विभागका श्री श्यामकुमार पुन रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij