आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा १६ हजार तीनसय ५५ भूकम्पपीडित

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  • चितवन  ।  चितवनमा १६ हजार तीनसय ५५ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् ।

    हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितको निवेदन सङ्कलन भएको हो। सामान्य क्षतिसहित गरी यसअघि चितवनमा १५ हजार सातसय ४९ भूकम्पपीडितको तथ्याङ्क आएको थियो। त्यसमा पूर्णक्षति तीनहजार सातसय २५ घर रहेको थियो।

    चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत गरिएको लगत सङ्कलनको क्रममा यसरी भूकम्पपीडितले क्षतिको विवरण पेस गरेका थिए।

    पहिलो चरणमा सरकारबाट १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि १० हजार रुपैयाँ पाएकाको प्रमाण एवम् रातो कार्डका आधारमा मात्रै उनीहरुलाई सरकारले रु तीन लाखको राहत प्याकेज दिनेछ। अहिले आएका निवेदन छानबिन गर्न केन्द्रबाट इन्जिनियर सहितको टोली आउन लागेको जिविस चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गत कात्तिकबाट यसरी लगत सङ्कलन गरिएको थियो।

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपनि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो।

    पहिलो चरणमा लगत सङ्कलन र त्यसपछि पुनः निर्माणको काम थालिनेछ । चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ। अहिले यसरी लगत सङ्कलन हुने जिल्लामा चितवनलगायत लम्जुङ, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, सोलुखुम्बु र कास्की छन्।

    यस्तै, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा पनि पुनःनिर्माणको काम थालिएको जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij