पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धनलाई कायम राखौँ’ भन्ने मूलनाराका साथ आयोजना गरिन लागेको मेलामा अत्याधुनिक डोम (गुम्बज)मा निर्मित विशेष प्रकारका ७८ वटासहित दुईसय ९५ वटा स्टल बनाइएका छन्।
सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सघाउ पु¥याउनु मेलाको उद्देश्य रहेको छ।
मेला अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि विभिन्न होटल र रेस्टुरेन्टले विशेष छुटको व्यवस्थासमेत गरेको सङ्घद्वारा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए।
मेलाको थप आकर्षणतर्पm पिसिसिआई गायन तारा, लोकदोहोरी, फेसन सो, बडी बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरको कुस्ती प्रदर्शन, नेपालका ख्यातिप्राप्त ब्यान्डको साङ्गीतिक कार्यक्रम, लोकनृत्य, बाल उद्यान तथा हास्य कलाकारका मनोरञ्जनात्मक कार्यक्रम छन्।
मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।