आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अर्घाखाँची अनिश्चितकालीन बन्द

  • प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३



  • अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आज दिउँसो विरोध सभा हुने भएको छ । ५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा (एमाले)का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए ।

    विरोधसभा अघि जुलुस प्रदर्शन सन्धिखर्कको टुँडिखेलबाट सुरु भई शान्ति बगैँचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुन टुँडिखेलमा गई विशाल विरोधसभामा परिणत हुने मुस्कानले बताए ।

    आजदेखि अनिश्चितकालीन अर्घाखाँची बन्द भएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बन्दमा शिक्षण संस्था भने खुल्न दिने बन्द आह्वान समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij