आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चारदिनसम्म रोल्पा बन्दको घोषणा

  • प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३



  • रोल्पा । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आजदेखि पुस ३ गतेसम्म रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ ।

    रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार प्यूठानको भिङ्गृमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त बनाउँछौँ, संयुक्त सङ्घर्ष समिति, रोल्पाका संयोजकसमेत रहेका नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताए । बन्दका कारण रोल्पामा बिहानदेखि यातायात, शिक्षण संस्था, बजार र कलकारखाना बन्द रहेका छन् ।

    यसैगरी, दिउँसो जातीय सद्भाव कायम गर्न भन्दै सद्भाव ¥यालीसमेत निकालिने संयोजक पुनले बताए । आज बेलुका जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा राँके जुलुस निकालिने आयोजकले बताएका छन् । विधेयकको विरोधमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका ५ नं प्रदेशमा पर्ने यी दुई जिल्लाले पुस १ देखि ३ गतेसम्म आम हडताल गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij