प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३
संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरीक समाजले घटनाबारे बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।
जिल्लाको सानो वाङ्थली ७ की ३२ वर्षिया परियारको यहि मंसिर २४ गते कुटपिटबाट हत्या भएको थियो । घटनाबारे सत्य तथ्य बुझ्न घटना स्थल पुगेर तयार गरिएको अध्यन प्रतीबेदन सार्बजनिक गर्दै पाँच बुंदे माग राखि आन्दोलनका कार्यक्रम अघि सारेको छ ।
संयुत संघष समितीले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था, परियारमाथि भएको कुटपीट र मलमुत्र खुवाउने जस्तो अमानवीय व्यवहारलाई आफ्नो विषयक्षेत्र नभएको भन्दै झुठामुद्दामा ६ हजार रुपैयाँ पीडक पक्षलाई तिर्नुपर्ने भन्दै कागज गराउने प्रहरी अधिकारीलाई तत्काल कारवाही, राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा पारी निर्दोशलाई समेत फसाउने नियत देखिएको हुँदा हिरासतमा रहेका आरोपितहरुलाई निस्पक्ष सुनुवाइको व्यवस्था, सानोवाङ्थली ७ का दलित घरपरिवार त्रासमा बस्न बाध्य भएकाले तत्काल उनीहरुको जीउ धनको सुरक्षाको सुनिश्चितता र अभिभावकविहीन हुन पुगेका मृतक परियारका तीन सन्तानको लालनपालन र शिक्षादिक्षाको व्यवस्था तत्काल सरकारी तबरबाट व्यवस्था गरियोस् भन्दै पाँच बुंदे माग राखेको छ ।
उल्लेखित माग पुरा नभएको खण्डमा संयुक्त दलित राजनीतिक संङघर्ष समिति र दलित नागरिक समाज सशतm आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता तिलक परियारले अजित मिजारको घटना सेलाउन नपाउँदै सोहि जिल्लामा लक्ष्मी परियारको हत्या हुनु सुनियोजित भएको भन्दै अपराधिलाई बचाउने र निर्दोषलाई फसाउने प्रपञ्च रचिएको बताए ।
घटनाका दोषिलाई कुनै पनि हालतमा कारबाहि हुनु पर्ने र पिडितलाई क्षतिपूर्ति हुनु पर्ने भन्दै आफुहरुले आन्दोलनको घोषणा गरेको उनको भनाई थियो ।
कार्यक्रममा संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोज उपेन्द्र छटुन्जेलले २१ औं शताब्दी पनि मानवलाई मलमूत्र खुवाई, कुटपिट गरी कुर्रर ढंगले हत्या गरिएको घटनाको जति निन्दा गरे पनि कम हुने भन्दै घटनालाई अन्तै मोड्न खोजिएकाले सत्यतथ्य बुझि हत्यारालाई कडां कारवाहीका हुनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण गर्दै जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले दलित भएकै कारण मृत्यु वरण गर्नु पर्ने घटना दलित समुदायका लागि असैह्य र जघन्य अपराध भएकाले अब दलित समुदाय चुप लागेर नबस्ने बताउनु भयो । उहाँले भने ‘जुन प्रबृत्तिले दलितको एकपछि अर्को हत्या भएको छ, त्यसमा सिंगो दलित समुदाय निकै स्तब्ध भएको छ, यसमा सरकार गम्भिर भएन भने दलित समुदाय जस्तो सुकै आन्दोलन गर्न बाध्य हुनेछ । काभ्रेकी लक्ष्मी परियारको हत्यारालाई हदैसम्मको कारवाही गर्न हामी जोडदार माग गर्दर्र्छौ ’ ।
पत्रकार सम्मेलनमा जानकारी गराई अनुसार संयुक्त राजनीति दलित संघर्ष समिति र दलित नागरिक समाजले पुष १ गते माईतिघर मण्डला देखि नयाँ बानेश्वरसम्म विशाल ¥याली तथा विरोध सभा आयोजना गर्नेछ भने पुष २ गते प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई संयुक्त रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij