आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सम्पत्ति पार्टीलाई बुझाएकाले सम्पत्ति कम भयो : प्रधानमन्त्री

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताको हकमा व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने आफ्नो पार्टीको नीति भएकाले सम्पत्ति विवरण कम देखिएको स्पष्ट परेका छन् ।

    वर्तमान मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित उनको पार्टी नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्ति विवरणबारे आलोचना भइरहेका बेला प्रधानमन्त्री दाहालले यस्तो स्पष्टोक्ति दिएका हुन् ।

    “व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाउने नीति भएकाले कम सम्पत्ति देखिएको हो, अहिले मैले जे उपभोग गरेको छु, त्यो सबै पार्टीको हो, मैले व्यक्तिगत सम्पत्ति कहिल्यै जोडिनँ” – शनिबार प्रशारित नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने ।

    प्रधानमन्त्री दाहालले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई छलफल र सहमतिका आधारमा पारित गरिने बताए । प्रस्तावित प्रदेशमा केही सीमाङ्कन हेरफेर हुनसक्ने भन्दै उनले विरोध छाडेर छलफल र सहमतिमा अघि बढ्न सबैलाई अपिल गरे ।

    प्रधानमन्त्री दाहालले सरकारले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको कामलाई प्रभावकारी तुल्याई केही ठूला योजना अघि बढाउने तयारीमा रहेको पनि जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij