आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्रालयबीच कुरा नमिल्दा स्वास्थ्य संस्थाको पुनर्निर्माण अन्यौलमा

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • काठमाडौं । भूकम्पले भत्काएका अस्पताललगायतका स्वास्थ्य संस्थाको स्थायी पुनर्निर्माणको काम अझै शुरु भएको छैन् । काम शूरु नहुनुको मुख्य कारण आर्थिक अभाव भएर हैन ।

    सरकारले यसबर्षका लागि मात्रै स्वास्थ्य संस्था पुनर्निमार्णका लागि भनेर झन्डै साढे ३ अर्ब बजेट छुट्टाएको छ । यति ठूलो परिमाणको बजेट हुँदासमेत काम शुरु हुने अवस्था नहुदा त्यसै थन्किएर बसेको छ । स्वास्थ्य संस्थाको पुनर्निमाणको काम अझै शुरु नहुनुको कारण भने रोचक रहेको छ ।

    स्वास्थ्य मन्त्रालय आफैले भूकम्पले भत्काएका अस्पतालहरुको पुनर्निमार्ण गर्न चाहेको थियो । तर स्वास्थ्यसम्बन्धि भवन निर्माणका लागि इन्जिनियर शहरी विकास मन्त्रालयबाट लिनुपर्ने भयो ।

    ठूला र स्थायी प्रकृतिका भौतिक संरचना बनाउन मन्त्रीपरिषद् कार्यविभाजन नियमावली अनुसार शहरी विकास मन्त्रालयमार्फत निमार्ण वा पुनर्निमार्ण गर्ने व्यवस्था छ ।

    सोही आधारलाई लिएर शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयले आफै पुनर्निमाण गर्ने भए इन्जिनियर परिचालन नगर्ने बतायो । आफ्नै मातहतमा स्वास्थ्य संस्था पुनर्निमार्ण गर्ने छुट्टै यूनिट खडा गर्ने र काम गर्ने योजना बनाएर प्रक्रिया खोज्दा खोज्दै स्वास्थ्य मन्त्रालयले शहरी विकास मन्त्रालयलाई अस्पताल पुननिमार्णका समन्वय गर्न चिठी समेत लेखेन ।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था पुनर्निमाणका लागि शहरी विकास मन्त्रालयलाई पत्र लेखेको भए यतिबेला पुनर्निमाणको काम अघि बढिसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक अधिकारीले रातोपाटीलाई बताए ।

    तस्विर नेपाली टाइम्स

    अझ रोचक कुरा त स्वास्थ्य संस्थाको पुनर्निमाण कसरी गर्ने भन्ने कार्यविधि पनि अझै बनेको छैन् ।

    आफ्नो एकलौटी ढंगले पुनर्निर्माणको काम अघि बढाउन नसक्ने देखेपछि स्वास्थ्य मन्त्रालयले शहरी विकास मन्त्रालयसँग छलफल गरेर नयाँ कार्यबिधि बनाएर काम शुरु गर्ने सहमति गरेको छ ।

    स्वास्थ्य संस्थाको पुनर्निमार्णको कार्यबिधीको ड्राफ्ट बनाएर पुनर्निर्माण प्राधिकरणमा पठाइएको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक तथा स्वास्थ्य संस्था पुनर्निर्माण युनिटका प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य भवन पुनर्निर्माण कार्यविधि २०७३ को मस्यौदा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा पठाएको छ ।

    प्राधिकरणलाई दुबै मन्त्रालयले पुनर्निमार्णमा संयुक्त सहभागिता र स्वामित्व हुनेगरी कार्यबिधी बनाउन आसय ब्यक्त गरेको प्राधिकरणको भनाई छ ।


    स्वास्थ्य मन्त्रालय आफै केन्द्रीय आयोजना कार्यान्वयन इकाई गठन गर्ने प्रक्रियामा अल्झिँदा ढिला भएको अधिकारीले स्वीकार गरे ।

    स्वास्थ्य मन्त्रालयको ढिलाईका कारण नै अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको पुननिर्माणको काम शूरु हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक पदाधिकारीले बताए ।

    अब भने स्वास्थ्य मन्त्रालयले योजना बनाउने, नीतिगत पक्ष हेर्ने, अनुगमन तथा गुणस्तर हेर्ने र स्वामित्वग्रहण गर्ने र शहरी विकास मन्त्रालयले योजना कार्यान्वयन गर्ने र शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाई मार्फत काम गर्ने सहमती बनेको छ । कार्यविधि स्वीकृत भएपछि मात्रै काम शुरु हुने भएको छ ।

    कहिले हुन्छ ठूला अस्पतालको पुनर्निर्माण ?
    भूकम्पले क्षति पु¥याएका ठूला अस्पतालको काम शूरु नहुदा अझै पनि अस्थायी संरचनाबाट नै स्वास्थ्य सेवा दिने गरिएको छ । काठमाडौंका वीर अस्पताल, प्रशुतिगृह अस्पताल, गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायतका जिल्ला अस्पताल पनि अस्थायी संरचनाबाट संचालनमा छन् ।

    स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ४५ अन्र्तराष्ट्रिय संस्थाले १ सय ५० को हाराहारीमा भूकम्पले क्षति पु¥याएका अस्पतालमा अस्थायी संरचना प्रिफ्याबबाट निमार्ण गरेको छ । अस्पतालहरु टेन्टबाट चल्ने अवस्था नरहेपनि अहिले अस्थायी संरचनाबाट चलिरहेको मन्त्रालयका जनस्वास्थ्य प्रशासक अधिकारीले बताए ।

    भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ३ सय हाराहारीमा स्वास्थ्य संस्थामा पूर्ण रुपमा क्षति पुगेको थियो भने त्यति नै हाराहारीमा आंशिक क्षति भएको थियो ।

    यस्तै भूकम्प प्रभावित १७ जिल्लामा अझै पनि सर्वेक्षणको काम शुरु नहुँदा कति स्वास्थ्य संस्थामा क्षति पुग्यो भन्ने यकिन आँकडा भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij