प्रकाशित मिति : सोमवार, पुस ४, २०७३
काठमाडौँ । हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ ।
हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ ।
यस्तो ठूला–ठूला ढुंगा खसेर जोमसोम लोमान्थाङ सडक अवरुद्ध बनेको मुस्ताङका प्रजिअ भीमराज पोखरेलले बताए ।
अहिलेसम्म मानवीय क्षतिको विवरण भने छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij