प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कर्णालीको हुम्ला जाँदैछन् । हुम्लामा बनेको हिल्सा पुलको उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । उनले विहान साढे ११ बजे पुल उद्घाटन समारोहरलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हुम्लाको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा हुने पार्टीको कार्यक्रमममा सहभागी हुने सचिवालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij