प्रकाशित मिति : बुधबार, पुस ६, २०७३
काठमाडौं । आजको जनआस्था साप्ताहिकले कर्मचारीको सेवाहद बढाउने गरी काम अगाडि बढेको र यसले कर्मचारी प्रशासन प्रभावित हुने समाचार प्रकाशति गरेको छ ।
समाचारमा छ, निजामति कर्मचारीको सेवाहद ६० बर्ष राख्ने गरी कानुन मन्त्रालयलृ आइतवार सहमति दिएको छ ।
अव सरोकारवाला सामान्य प्रशासन मन्त्रालय यो मस्यौदा लिएर क्याविनेटको विद्येयक समिति हुँदै व्यवस्थापिका संसदमा सीधै जानेछ ।
सांसदहरुले आफ्नो सुविधा सट्याकसुटुक बढाएजस्तै कर्मचारीहरुले आफ्नो भविष्य सुरक्षित गर्न थालेका छन् । एमालेको पनि यसमा सहमति भएको छ ।
६० बर्ष उमेर लागु भएन भने सामन्य प्रशासन सचिव पूर्णचन्द्र भट्टराई र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यलयका सचिव टंकमणि शर्मा बैशाखसम्म घर फर्कन्छन् । महत्वपूर्ण ठाँउमा रहेका यी दुई सचिवलाई प्रतिकुल हुने अबस्थामा ६० बर्षको काम अगाडि बढेको हो ।
अहिलेको निजामति सेवा अनुसार उमेर हद ५८ बर्ष छ । ६० बर्ष लागु हुनसाथ दुई–तीन हजारका दरले कर्मचारीको अवकास अवधी लम्बिन्छ । गिरिजाप्रसाद कोइरालाले ०४८ मा उमेर हद घटाएर ५८ बनाएका हुन् ।
६० बर्षको प्रावधान लगाउँदा अवकास पाउन लागका अरु थुप्रै कर्मचारी पनि त्यही होल्ड हुने भए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij