प्रकाशित मिति : आइतवार, पुस १०, २०७३
काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँणले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई साथमा लिएर चितवन तथा मकवानपुरको भ्रमण गरेका छन् । आईतबार चितवनस्थित नेपाली सेनाको श्री नम्बर २ विपद् व्यवस्थापन गण पुगेका खाँणले विपद् व्यवस्थापन गणद्वारा प्रदर्शन गरिएको खोज तथा उद्दारको डेमोस्ट्रेसन अवलोकन गरेको सैनिक जनसम्पर्क निर्देशनाले जनाएको छ ।
त्यस्तै रक्षामन्त्रीले मकवानपुर जिल्लाको सुनाचुरी ईमल्सन प्लाण्ट र भिमफेदीस्थित श्री बहुउद्देश्य प्लाष्टिक उद्योगको समेत निरीक्षण गरेका थिए ।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij