आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीन एसएसपी डीआईजीमा बढुवा, लव विष्टको उजुरी सुनुवाई भएन

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ३ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
    बढुवा समितिले तीन डीआईजी पदका लागि मंसिर मसान्तमा गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीको नाम सिफारिस गरेको थियो ।
    मन्त्रालयले सोहि सिफारिसको आधारमा एसएसपीत्रय केसी, भण्डारी र भट्टराईलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
    बढुवामा असन्तुष्टि जनाउँदै उजुरी सुनुवाई समितिमा उजुरी दिएका लव विष्टको विषयमा भने समितीले उजुरी कानुनसम्मन नरहेको भन्दै खारेज गरिदिएको छ । उनले आफूपनि डिआइजी बढुवाको दाबेदार भएको भएपनि पूर्वाग्रह राखेर सिफारिस नगरिएको भन्दै उजुरी दिएका थिए ।
    नेपाल प्रहरीको नियमावली २०७१ अनुसार सिफारिसविरुद्ध उनले उजुरी सुनुवाई समितिमा उजुरी हालेका थिए ।
    यसैबीच नेपाल प्रहरी अस्पतालतर्फ ८ एसपी एसएसपीमा बढुवा भएका छन् । यस्तै १५ डिएसपी एसपीमा १५ बढुवा गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ भने प्रहरी अस्पतालतर्फका ११ डीएसपी पनि एसपीमा बढुवा भएका छन् ।
    उनीहरुलाई बढुवा समितिले गरेको सिफरिस अनुसार बढुवामा गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij