आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठ महिनादेखि पदाधिकारीविहीन प्रतिष्ठान अस्तव्यस्त

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।

    उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिककार्य अस्तव्यस्त बन्दै गएको हो। प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएलगतै जेठदेखि प्रतिष्ठान उप–कुलपति विहीन छ ।

    अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको पनि सात महिना भन्दा बढी भइसकेको छ । त्यस्तै, रजिष्ट्रार श्याम लम्सालको साउनमा कार्यकाल सकिँदा भएको पदाधिकारी रिक्तताले यहाँको प्रशासनिक काममा झनै ठूलो समस्या आएको निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठले जानकारी दिए ।

    उनले भने, “सामान्यत तल्लोस्तरका काम भए पनि आर्थिक सम्बन्धी ठूला काममा समस्या आउने गरेको छ । पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा पनि त्यसको सुनुवाई नै गरिँदैन र राजनीतिक भागबण्डाले पनि समस्या बनाएको छ ।”

    सरकारले पदाधिकारी एक हप्ताभित्र नियुक्ति गरेर पठाउने भनेको धेरै बितेको र अहिलेसम्म प्रतिष्ठान पदाधिकारी विहीन नै भएको निमित्त मेडिकल डाइरेक्टर डा प्रवीणकुमार गिरीले बताए ।

    प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij